Incident Reports

आर्थिक अभावका कारण गाई फिर्ता गरेको भन्दै दुर्व्यवहार

2018-06-03

Bagmati, Ramechhap, Likhu, Ward 2

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँका ४० वर्षीय खेटराज घिमिरेलाई जेठ २० गते सोही गाउँपालिका-२ सैपुका ६५ वर्षीय मेघनाथ पौडेलले किनेर लगेको गाई फिर्ता गरेको भन्दै नाङ्गेझार बनाएको घटना चार दिनपछि सार्वजनिक भएको छ । घिमिरेले ०७४ सालको फागुन महिनामा पौडेलको घरबाट गाई किनेर लगेका थिए । उधारोमा गाई लगेका घिमिरेले भूकम्पको लाभग्राहीको दोस्रो किस्ता रकम आएपछि पैसा तिर्ने भाखा राखेका थिए । भूकम्पको पैसा निकासामा ढिलाई भएपछि पौडेलले तत्काल पैसा दिनुपर्ने भन्दै दबाव दिएपछि घिमिरेले गाई नै फिर्ता लिएर गएका थिए । गाई फिर्ता लिएर पौडेलको घरमा पुगेका घिमिरेलाई पौडेलले अन्य सहयोगीहरूको सहयोगमा कुटपिट गरी लुगा च्यातेर नाङ्गेझार बनाएका थिए । उनी करिब एक घण्टाको बाटो नाङ्गै भागेर घर पुगेका थिए । घटनापछि पीडितले सोही दिन वडा कार्यालय दुराउँमा निवेदन दिएकोमा जेठ २२ गते वडा कार्यालायमा मेलमिलापकर्ताहरू बसी छलफल भएको थियो । त्यहाँ समस्या समाधान नभएपछि जेठ २३ गतेमात्र घटना सार्वजनिक भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports