Incident Reports

बलात्कारको आरोपित कोरियन नागरिक थुनामा l

2013-09-18

Pratap Bishta एक १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले एक कोरियन नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेकेा छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको असोज २ गते वसेको इजलाशले बलात्कार गरेको आरोपमा कोरियन नागरिक ५० वर्षीय 'किम मिङ यङ'लाई थुनामा राख्ने आदेश गरेको हो । इलाम घर भएकी पीडितलाई कोरियन भाषा सिकाउने शिक्षक यङ'ले पटक, पटक बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले साउन ११ गते गिरफ्तार गरेको थियो । हेटौँडा सानोपोखरामा बस्ने कोरियन नागरिकले आफै बस्ने घरमा केटाकेटीलाई कोरियन भाषा सिकाउँदै आएका थिए । पीडितसहित अरु बालवालिका कोरियन नागरिक बस्ने घरमा वस्दै आएका थिए । यस अघि पनि एक किशोरीलाई यङले दुर्व्यवहार गरेका थिए । उनको दुर्व्यवहारका कारण भाषा नै सिक्न छाडेर ती किशोरी घर फर्किन । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis