Incident Reports

विप्लवका कार्यकर्ता पक्राउ

2018-06-12

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकलाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पार्टीको भातृसंगठन अखिल क्रान्तिकारी रसुवाका संयोजक नविन घिमिरे, जिल्ला सदस्य सेजन ठकुरी, पश्चिम ताम्सालिङ इन्चार्ज बद्री अधिकारी, अखिलका केन्द्रिय सदस्य अटल शर्मा रहेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। कालिका गाउँपालिका–४ धुसेनीमा अखिल क्रान्तिकारीको नवौ जिल्ला सम्मेलन सञ्चालनको क्रममा मंगलबार उनीहरु पक्राउ परेका हुन्। गृहमन्त्रालयको आदेश भन्दै कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टी रसुवाका इन्चार्ज रजमान तामाङले बताए। 'उदघाटन सत्रको कार्यक्रम चलिरहेको समयमा प्रहरीले धरपकड गर्दै पक्राउ गरेको छ', उनले भने, यसको हामी घोर बिरोध गछौ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth unknown
National/Online Media

0 Comments