Incident Reports

बालिका बलात्कारका आरोपित गिरफ्तार l

2013-09-18

Sukdev Chaudhary एक ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुहबी गाविस-५ का २५ वर्षीय सुनिल मोहलीलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । पीडितपक्षले आरोपितले पीडितलाई असोज १ गते बेलुका विश्वकर्मा पुजाको प्रसाद दिने भनी फकाएर सोही गाविस-२ स्थित उखुबारीमा लगेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दुहबीमा असोज २ गते उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गराइएकोर् इलाका प्रहरी कार्यालय दुहबीले जनायो । घटनाको अनुसन्धान थालिएको बताउँदै आरोपितविरुद्ध जबरजस्ती कारणीसम्बन्धी मुद्दा दर्ता गरिने प्रहरी इन्सपेक्टर सुरज खड्काले बताए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis