Incident Reports

बलात्कार आरोपित बालकलाई बालसुधार गृहमा राख्न आदेश l

2013-09-18

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेका एक १६ वर्षीय बालकलाई जिल्ला अदालत खोटाङले असोज २ गते बालसुधार गृहमा राख्न आदेश दिएको छ । पीडित पक्षले आरोपित बालकविरुद्ध भदौ ५ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धानपछि मुद्दा अदालतमा पेस गरेकोमा जिल्ला अदालतका न्यायधीश इश्वरीप्रसाद गौतमको इजलासले बालबालिका ऐन २०४८ को दफा ५० बमोजिम पछि ठहरे बमोजिम हुनेगरी असोज २ गते बाल सुधारगृहमा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका सही यादव गौतमले बताए । हाल प्रहरी हिरासतमा रहेका आरोपितलाई केही दिनभित्रै बाल सुधार गृहमा लगिने उनले बताए । भदौ १ गते आफन्तको घर आएका आरोपितले पीडित पिसाव फेर्न गएको बेलामा चाउचाउ दिने भन्दै घर नजिकै मकैबारीमा लगेर बलात्कार गरेका थिए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis