Incident Reports

बलात्कार प्रयासका आरोपित पुर्पक्षका लागि थुनामा l

2013-09-18

Madhes, Sarlahi, Hariwan

Bipin Gautam सर्लाही जिल्ला हरिवन गाविस-३ घर भई हाल रौतहट चन्द्रनिगाहपुर गाविस-३ का ३० वर्षीय सन्तोष धामीलाई रौतहट जिल्ला अदालतले असोज २ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । आरोपितलाई भदौ ३ गते नै प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको थियो । आरोपित धामीले भदौ २ गते चन्द्रनिगाहपुर गाविस-३ गैंडाटार स्थित जंङ्गलमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाले भदौ ९ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएकी थिइन । प्रहरीले आरोपितलाई जबरजस्ति करणी ऐन अन्तर्गत मुद्दा चलाई रौतहट जिल्ला अदालतमा पेश गरेकोमा न्यायधीश राधाकृष्ण उप्रेतीको इजलाशबाट पुर्पक्षको लागि थुनामा राख्ने आदेश भएको हो । आदेश भएपछि आरेपित धामि गोर कारागार चलान भएका छन । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis