Incident Reports

यार्सा टिप्न अाएका मगरकाे घाँटी रेटी हत्या

2018-06-18

Karnali, Dolpa, Dolpo Buddha

डोल्पाको हिमाली यार्सापाटनमा एक जनाको घाँटी रेटेर हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको गएराति ९ बजेतिर घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । मगर चनौटामा बस्दै आएका थिए । उनी हरेक वर्ष यार्सा टिप्न यहाँ आउने गर्थे । मृतक कर्ण पुनमगरका साथमा ७०–७५ हजार नगद भेटिएको र उनी बस्ने पालभन्दा २५–३० मिटरमा कुनै पाल नरहेको डीएसपी शर्माले जानकारी दिए । शर्माले हत्याबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । मगरको शव जिल्ला सदरमुकाम पु¥याउन एक हप्ता लाग्ने प्रहरीले जनाएको छ । त्यसपश्चात् पोस्टमार्टम गरेर आफन्तलाई बुझाउने शर्माले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments

Related Reports