Incident Reports

छ महिनादेखि विस्थापित रहेको जोडी अझै घर फर्कन सकेनl

2013-09-21

Karnali, Jajarkot, Chhedagad

Raju Shakya अन्तरजातीय विवाह गरेको आरोपमा कथित उपल्लो जातका गाँउलेहरूको धम्कीका कारण छ महिनादेखि विस्थापित रहेका साल्मा गाविस-५ सोडारीका २४ वर्षीय गणेशबहादुर नेपाली र उनकी २२ वर्षीया पत्नी निर्मला बस्नेत असोज ५ गतेसम्म घर फर्कन सकेका छैनन् । गणेशले सोही ठाँउकी निर्मला बस्नेतसँग ०६९ चैत १७ गते प्रेमविवाह गरेका थिए । निर्मला बस्नेतलाई विवाह गरेपछि उपल्लो जातको गाउँमा बदनाम गराएको आरोपमा माइती पक्ष तथा उपल्लो जातका स्थानीय गाँउलेहरूले गणेशबहादुर नेपालीको जोडीलाई कुटपिट गरी गाउँ निकाला गर्ने धम्की दिएको पीडितले आरोप लगाए । धम्कीपछि गणेशबहादुर नेपालीको जोडी ०६९ चैत १९ गतेदेखि घर छोडी विस्थापित जीवन बिताइरहेका छन् । गणेश बहादुरको जोडी दशेरा गाविस-८ वडावनस्थित दिदी कमला विकको घरमा छ महिनादेखि बस्दै आएका छन् । गणेशबहादुरले उक्त घटना समाधानका लागि पहल गरिदिन जिल्ला स्थित अधिकारकर्मी, पत्रकार र नागरिक समाजका अगुवाहरूसँग असोज ४ गते आग्रह गरेका छन् । जिल्लामा अझैपनि जातीय छुवाछुत यथावत भएको र गणेशबहादुर नेपालीले एक महिलासँग प्रेमविवाह गरेको आरोपमा माथिल्लो जातका गाउँलेले पशु सरह व्यवहार गरी गाउँनिकाला गर्नु दुःखद पक्ष भएको दलित नेटवर्कका जिल्ला संयोजक गोपाल चदारा बताउँछन् । राजु शाक्य

0 Comments

Related Reports
Related Trend Analysis