Incident Reports

कथित बोक्सी आरोपमा महिलालाई तातो फलामले डामेर दुर्व्यवहार, आरोपितविरूद्ध उजुरी

2018-06-07

Bagmati, Ramechhap, Likhu, Ward 1

लिखु तामाकोसी गाउँपालिका-१ दुरागाउँकी २६ वर्षीया सरिता दर्जीलाई कथित बोक्सीले दुःख दिएकाले बोक्सी निकाल्ने भन्दै तातो फलामले गालामा डामेको आरोपमा असार ५ गते ओखलढुङ्गाको लिखु गाउँपालिका-२ रगनीका ३५ वर्षीय आफूलाई धामी बताउने रविन्द्र नेवारविरूद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले कथिते बोक्सी निकाल्ने भन्दै तातो फलामले गालामा डामिदिएपछि पीडित महिलाले असार ५ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिएकी हुन् । घटना विवरण अनुसार पेटको रोगको समस्या भएकी ती महिला उपचारका लागि काठमाडौँ गएकी थिइन् । काठमाडौँमा उनका नन्देभाइ नाता पर्ने नेवारले यो धामीले निको पार्ने रोग हो भन्दै आफूसँगै काठमाडौँबाट धामी बस्ने भनेर बिरामीलाई घरमा लिएर आएका थिए । उनकै घरमा जेठ २४ गते धामी बस्ने क्रममा उनले बिरामीलाई बोक्सीले दुःख दिएको भन्दै बोक्सी निकाल्ने भनेर सिस्नो पानी लगाउनुको साथै तातो फलामले डामिदिएको पीडित पक्षको आरोप छ । पीडित महिलाको गालामा डाम बसेको छ । घटनाका मुख्य आरोपित नेवारलाई प्रहरीले असार ५ गते काठमाडौँबाट गिरफ्तार गरेको छ । घटनामा सहयोग गरेको आरोपमा नेवारकी ३३ वर्षीया पत्नी जानुका दर्जी, स्थानीय ३५ वर्षीय दीपक दर्जी, राजन पौडेल र गोहित सार्कीलाई असार ४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजकुमार थापाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , National/Online Media

0 Comments