Incident Reports

Man accuced of raping daughter

2013-09-22

Kathmandu, chori balatkarka aaropi press chautaribata niskasit. Kathmandu 22 September, police arrested a journalist on charge of raping a close cousin from Bagbazar काठमाण्डु ६ असोज-आफनै छोरी बलत्कारका आरोपी झापाका पत्रकार रमेश पोखरेललाई एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको छ । balatkari‘प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश पोखरेलका विषयमा गम्भीर प्रकृतिको चारित्रिक आरोप लागेको हुनाले पोखरेललाई प्रेस चौतारी नेपालको साधारण सदस्यसमेत नरहने गरी हाललाई संगठनबाट निष्कासन गरिएको छ’ चौतारीका महासचिव माधव नेपालले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । चौतारीमा मेची अञ्चलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य पोखरेल आफनै छोरीलाई बलत्कार गरेको आरोपमा शनिबार पक्राउ परेका थिए । पोखरेलकी श्रीमतीले झापामा दिएको उजुरीका आधारमा प्रहरीले शनिबार साँझ उनलाई काठमाण्डुको बागबजारबाट पक्रेको हो । पोखरेलमाथि हाडनाता,जवरजस्ती करणी र बाल यौन दुराचारको मुद्दा चलाउन प्रहरीले अदालतसमक्ष पेश गरेको छ । करीव ४० वर्षीय पोखरेलकी छोरी करिब १६ वर्षकी छन् । पोखरेल झापाकै स्थानीय पत्रिका र रेडियोमा काम गर्थे । प्रहरीका अनुसार उनीमाथि लागेको अभियोगबारे अनुसन्धान भइरहेको छ । प्रहरीले प्रेस चौतारीका नेताहरुलाई पोखरेल जोडिएको घटना जटिल प्रकृतिको रहेको जानकारी गराएको छ । बागबजारस्थित एक होटलमा प्रेस चौतारी नेपालको केन्द्रीय समितिको बैठक शनिवार साँझ समापन हुदै थियो,खाजा खान बाहिर निस्किएका पोखरेललाई युवाहरुको एक समूहले कठालो समातेर हो हल्ला गरेपछि बैठक पनि भाँडियो । बैठकमा भएका सबै बाहिर निस्किए । ती युवाहरुले पोखरेललाई छोरी बलत्कारीको आरोप लगाए । झडप हुने अवस्था आएपछि चौतारीका नेताहरुले नै प्रहरी बोलाएर पोखरेल र ती युवाहरुलाई प्रहरीको जिम्मा लगाएको एक नेताले बताए । उनका अनुसार ती युवाहरु पोखरेलका श्रीमतीका आफन्त रहेछन । पोखरेलकी श्रीमतीले आफन्तहरुलाई फोन गरेर घटनाका बारेमा जानकारी गराएपछि आफन्तहरु आक्रोशित हुँदै प्रेस चौतारीको बैठक स्थल पुगेका थिए। - See more at: http://kathmandutoday.com/2013/09/4752.html#sthash.ic9AIoxr.sJatbxsv.dpuf

0 Comments

Related Reports
Related Trend Analysis