Incident Reports

साथीको छुरा प्रहारबाट घाइते

2018-06-04

Madhes, Sarlahi, Ishworpur, Ward 5

साथीको छुरा प्रहारबाट सर्लाहीको इश्वरपुरमा एक युवा गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा इश्वरपुर् नगरपालिका ५ सखुवानीका १७ वर्षीय कमल गोले रहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ ।साथी-साथी बीच भएको विवादका कारण स्कूलबाट एक्लै घर फर्किरहेका कमललाई उनका साथीहरु आशिक अन्सारी,बेचु राम र सुरेश रामले छुरा प्रहार गरेका थिए ।छुरा प्रहार गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।घटनामा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।छुरा प्रहारबाट घाइते भएका कमलको दायाँ कोखामा गम्भीर घाउ लागेको छ ।उनलाई थप उपचारका लागि बिरगंज पठाइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Rautahat

0 Comments

Related Reports