Incident Reports

हतियारसहित ७ पक्राउ l

2013-09-22

Madhes, Siraha, Dhangadhimai

सिरहा, आश्विन ७ - प्रहरीले अयोध्यानगर ९ बाट तीनवटा पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । बस्तीपुर १ का २२ वर्षीय महेशकुमार यादव, भवानीपुर ६ का २१ वर्षीय वीरेन्द्र मण्डल, धनगढी ४ का २२ वर्षीय दिपेश भन्ने दीपेन्द्रकुमार महतो, पोखरभिन्डा ९ का २५ वर्षीय दीपेन्द्र यादवलाई पक्राउ गरेको हो । धनगढी ४ का भोला भन्ने रामप्रकश महतो, सोही ठाउँ बस्ने २७ वर्षीय सुरेन्द्र महतो र २६ वर्षीय वीरेन्द्र महतो पक्राउ परेको प्रहरी निरीक्षक ज्ञानकुमार महतोले बताए । उनका अनुसार महेशका साथबाट एक गोली लोड भएको कटुवा पेस्ताल, मण्डलका साथबाट तत्काल फायर भएको गोलीको खोकासहित एक थान कटुवा पेस्तोल, दिपेशका साथबाट चार थान गोली लोड भएको नौ एमएमको यूएसए लेखिएको अटोमेटिक पेस्तोल, बा४१प २७४ र स२प ५५६० नम्बरका दुईवटा मोटरसाइकल बरामद भएको छ । अयोध्यानगर ९ मा शनिबार राति १० बजे फायर गरेको आवाज सुनिएपछि इलाका प्रहरी कार्यालय लहान र मिर्चैयाको टोली तत्काल पुगेर चेकजाँच गर्ने क्रममा चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis