Incident Reports

जातीय विभेद गरेको घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2018-06-26

Bagmati, Lalitpur, Lalitpur, Ward 24

रुपन्देही जिल्ला वुटवल उमनपा-६ घर भई ललितपुर मनपा-२४ धापाखेल बस्ने १७ वर्षीया उमा नेपालीलाई जातीय विभेद गरेको आरोपमा ललितपुर मनपा-२४ धापाखेलका ५३ वर्षीय राजन प्रधानविरुद्ध पीडित पक्षले असार १२ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दर्ता गराएको छ । आरोपित प्रधानको घरमा लामो समयदेखि भाडामा बस्दै आएकी नेपालीलाई असार १२ गते बिहान आफूले प्रयोग गर्ने पानी प्रयोग गरेको र पानी छोइएको भन्दै प्रधानले गालिगलौज गरेको पीडितकी आमा मनिषा नेपालीले आरोप लगाइन् । पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गरेको थाहा पाए लगत्तै आरोपित प्रधान सम्पर्कविहीन भएको हुँदा खोजि कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरकी इन्स्पेक्टर चञ्चला राईले बताइन् ।

0 Comments

Related Reports
Related Trend Analysis