Incident Reports

एमाले कार्यकर्ता माथवर हत्याका मुख्य योजनाकार गिरफ्तार l

2013-09-21

Binod Kumar Rabidas तराईमा सशस्त्र गतिविधि गर्दै आएका लक्ष्मीपुर बगेवा-३ का पृथ्वी सिंह भनिने ४१ वर्षीय श्याम यादवलाई प्रहरीले ०७० असोज ५ गते नगराईन गाविस-९ स्थित जटहीबाट विशेष सुराकीको आधारमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी उत्तमराज सुवेदीले बताएका छन् । गिरफ्तारी यादव जनकपुर नपा-१२ निवासी एमाले कार्यकर्ता माथवर मुखिया हत्याका मुख्य योजनाकार रहेका प्रहरीले जनाएको छ । मुखियाको ०६८ साउन २३ गते जनकपुर नपा-१२ स्थित घर नजिकै अज्ञात हतियारधारी समूले हत्या गरेको थियो । मुखिया हत्याका तीन जना अभियुक्तलाई यसअघि नै गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेश अनुसार जलेश्वर कारागारमा छन् भने मुख्या योजनाकार भनिएका यादव फरार थिए । जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाका पोलिटब्युरो सदस्य यादव लामो समयदेखि प्रहरीको मोस्ट वान्टेड सूचीमा थिए । यादवलाई प्रहरीले गिरफ्तार गरी असोज ६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गिरफ्तारीमा परेका यादव विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही तराईमा सशस्त्र गतिविधि गर्दै आएका थिए । तराईमा घटेको केही घटनामा यादवको संलग्नता रहेको पत्रकार सम्मेलनमा एसपी सुवेदीले बताए । यादव ०६६ जेठ ३ गते देउरी परवाहा-१ स्थित जनकपुर जयनगर रेलमा ग्याँस सिलिण्डर बम विस्फोट गराएको, ०६६ भदौ २२ गते मालपोत कार्यालय महोत्तरीमा बम विस्फोट गराएको लगायत दर्जनौ घटनाका मुख्य योजनाकार रहेको एसपी सुवेदीले जनाए । ढोरना गाविस पिपराटोल निवासी पत्रकार २५ वर्षीया उमा सिंह हत्याका मुख्य योजनाकार स्वामीजी भनिने उमेश यादव गिरफ्तार परेको १ हप्ता नबित्दै प्रहरीका अर्का मोस्ट वान्टेड यादव गिरफ्तारीमा परेका हुन् बिनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis