Incident Reports

महिलामाथि सामुहिक बलात्कार गर्ने चारजना गिरफ्तार l

2013-09-20

Madhav Basyal एक ३२ वर्षीया महिलालाई तानसेन नपा-६ स्थित बसपार्क नजिक असोज ४ गते राती जवरजस्ती सामुहिक बलात्कार गरेको आरोपमा तानसेन नपा-१० का २७ वर्षीय शिवबहादुर खड्का, तानसेन नपा-१३ का २२ वर्षीय वसन्त थापा, भैरवस्थान गाविस-४ का २२ वर्षीय सन्दिप राई र एक १५ वर्षीय बालकलाई सोही दिन बसपार्कबाट गिरफ्तार गरी अनुसन्धान गरेको छ । तानसेनबाट गुल्मी जिल्लातर्फजाने क्रममा बसपार्कको नजिक महिलालाई जवरजस्ती बलात्कार गरेको अवस्थामा चिच्याएको आवाज सुनेपछि प्रहरीको गस्तीटोलीले महिलाको उद्धार गर्नुका साथै पीडकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको डिएसपी स्थानेश्वर रेग्मीले बताए । यस्तै एक १४ वर्षीया बालिकालाई भदौ ५ गते बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेका रामपुर गाविस-१ का १९ वर्षीय भक्तबहादुर भुजेललाई प्रहरीले असोज ३ गते घरबाटै गिरफ्तार गरी अनुसन्धान गरेको जनाएको छ । यसैगरी एक १६ वर्षीया बालिकालाई भदौ १५ गते जबरजस्ती करणी गरेको आरोप लागेका मदनपोखरा गाविस-२ का २३ वर्षीय शुन्दर दर्जीलाई प्रहरीले असोज ५ गते घरबाटै गिरफ्तार गरी अनुसन्धान गरेको छ । बालिकालाई बलात्कार गरेको भनि भदौ १६ गते उनीविरुद्ध प्रहरीमा उजुरी परेकोमा घटनापछि आरोति फरार भएका थिए । माधव बस्याल

0 Comments

Related Reports
Related Trend Analysis