Incident Reports

चेलीबेटी बेचबिखनमा लैजान लागेका १० महिलाको उद्दार

2018-06-26

Bagmati, Kathmandu, Tokha

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्दार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क,स्वयंभू र कलंकीबाट शनिबार र आइतबार उद्दार गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उनीहरुलाई बुटवल लैजाँदै गर्दा काठमाडौँका विभिन्न स्थानबाट उद्दार गरिएको जानकारी दिए।आफूखुसी जान लागेका छर जनालाई भने सामान्य सोधपुछपछी परिवारको जिम्मा लगाइएको छ भने बाँकी छ जनालाई संरक्षणका लागि शक्ति समूह चुच्चेपाटी पठाइएको प्रभागले जनाएको छ ।
Local Newspaper - Chitwan

0 Comments