An Indian national died in an exchange of fire between the police and a criminal group in Rajdevi Municipality-4, Rautahat, last night.
After getting information that a few Indian criminals were seen in the Bagmati embankment area with firearms for the past few days, the District Police Office, Rautahat, had deployed a police team in civvies to monitor the situation.
Police said they fired in self-defence when the gang opened fire on them. The deceased has been identified as Indrajeet Giri, 24, of Muzaffarpur, India. “He received bullets in his leg and back. We rushed him to Gaur Hospital for treatment, where he was pronounced dead,” said DSP Ram Kumar Dani.
Further, the DSP said two others of the gang had escaped. “The three had arrived on bike, but when their friend was shot, others ran away towards the border,” he said, adding police fired 31 rounds of bullets at the scene.
Police have found an SMG, four bullets and a magazine from the site.
रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको सूचना पछि पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि भएको भिडन्तमा बिहीबार राति एक जनाको मृत्यु भएको छ ।
रौतहटको राजदेवी नगरपालिकामा बिहीबार राति भिडन्तमा मारिएका आपराधिक समूहका एक सदस्य । मृतकको सनाखत हुन सकेको छैन ।
घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ। मृतकको सनाखत हुन सकेको छैन।
राजदेवी नगरपालिकास्थित मुडवल्वा टोलको बाग्मती नदी तटबन्धमा हतियाधारी समूह पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी र इलाका प्रहरीका डीएसपी शान्तिराज कोइरालासहितको टोली एम्बुस थापेर बसेको थियो। अनटेस्ट मोटरसाइकलमा आएका समूहलाई रोक्ने प्रयास गर्दा गोली प्रहार गरे पछि दोहोरो भिडन्त भएको हो।
भिडन्तमा एकजनाको खुट्टा र पिठ्यूमा गोली लागेको थियो। २ जना भारततर्फ भागेको प्रहरीले जनायो। गोली लागेर घाइतेको उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइदै गर्दा बाटोमै मृत्यु भएको हो।
घट्नास्थलबाट एकथान एसएमजी र गोलीहरु बरामद गरिएको डीएसपी कोइरालाले बताए। ‘सुरुमा पक्रने प्रयास गरेको हौ,’ उनले भने, ‘आपराधिक समुहबाट लगातार फायरिङ गर्न थाले पछि जवाफी कारबाहीमा एक जनाको मृत्यु भयो।’
मृतकको पहिचान खुलेको छैन। घट्नास्थलमा राति ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमाक्षेत्र नजिक भिडन्त भएकोले उक्त समूह पारि भागेको हो। खुला सिमाका कारण आपराधिक काममा संलग्नहरु सहजै नेपाल–भारत वारपार गर्न सक्छन्। श्रोतका अनुसार हतियार बिक्रि गर्न उक्त समुह नेपाल आउँदा भिडन्तमा परेकाे हाे।