Incident Reports

रौतहटमा प्रहरीसँगको भिडन्तमा एकको मृत्यु

2018-06-28

Madhes, Rautahat, Gaur

रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह नेपाल प्रवेश गरेको सूचना पछि पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि भएको भिडन्तमा बिहीबार राति एक जनाको मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिकामा बिहीबार राति भिडन्तमा मारिएका आपराधिक समूहका एक सदस्य । मृतकको सनाखत हुन सकेको छैन । घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ। मृतकको सनाखत हुन सकेको छैन। राजदेवी नगरपालिकास्थित मुडवल्वा टोलको बाग्मती नदी तटबन्धमा हतियाधारी समूह पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी र इलाका प्रहरीका डीएसपी शान्तिराज कोइरालासहितको टोली एम्बुस थापेर बसेको थियो। अनटेस्ट मोटरसाइकलमा आएका समूहलाई रोक्ने प्रयास गर्दा गोली प्रहार गरे पछि दोहोरो भिडन्त भएको हो। भिडन्तमा एकजनाको खुट्टा र पिठ्यूमा गोली लागेको थियो। २ जना भारततर्फ भागेको प्रहरीले जनायो। गोली लागेर घाइतेको उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइदै गर्दा बाटोमै मृत्यु भएको हो। घट्नास्थलबाट एकथान एसएमजी र गोलीहरु बरामद गरिएको डीएसपी कोइरालाले बताए। ‘सुरुमा पक्रने प्रयास गरेको हौ,’ उनले भने, ‘आपराधिक समुहबाट लगातार फायरिङ गर्न थाले पछि जवाफी कारबाहीमा एक जनाको मृत्यु भयो।’ मृतकको पहिचान खुलेको छैन। घट्नास्थलमा राति ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमाक्षेत्र नजिक भिडन्त भएकोले उक्त समूह पारि भागेको हो। खुला सिमाका कारण आपराधिक काममा संलग्नहरु सहजै नेपाल–भारत वारपार गर्न सक्छन्। श्रोतका अनुसार हतियार बिक्रि गर्न उक्त समुह नेपाल आउँदा भिडन्तमा परेकाे हाे।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 2
National/Online Media , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments

Related Reports