Incident Reports

बलात्कारगरेको आरोपमा एक जनाको विरुद्धमा जाहेरी दर्ता l

2013-09-22

Sur Bahadur Pariyar एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनगढी नपा-७ का २० वर्षीय यम हादुर भुजेलको विरुद्धमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा असोज ६ गते किटानी जाहेरी दर्ता गरेको छ । बलात्कारका आरोप लागेका भुजेललाई जिल्ला प्रहरी कार्यालय कैलालीले असोज ५ गते घरबाट गिरफ्तार गरी प्ररम्भीक अनुसन्धान पश्चात जबरजस्ती करणीमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाले जानकारी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज ६ गते सेती अञ्चल अस्पताल धनगढीमा भएको थियो । पीडित बालिकाले आफूलाई यमबहादुरले भदौ ५ गते राती घरमा आएर बलात्कार गरेको भन्दै असोज ५ गते प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीले जनायो । घटना गाउँमै मिलाउन खोजेका कारण प्रहरीमा ढिला जाहेरी आएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनायो । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis