Incident Reports

पत्नी हत्याको आरोपमा गिरफ्तार l

2013-09-21

Sukdev Chaudhary धरान नपा-१७ की ३८ वर्षीया सावित्री सुनुवारलाई पति ३४ वर्षीय विष्णु सुनुवारले हत्या गरेको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय धरानले असोज ५ गते अरोपितलाई गिरफ्तार गरी ज्यान मार्ने मुद्दा चलाएको छ । भदौ २१ गते सम्बन्ध विच्छेदको विवादलाई लिएर पतिले टाउकोमा हिर्काएर घाइते बनाई डोरी घाँटीमा कसेर हत्या गरेको उजुरीका आधारमा थ्री स्टार फुटबलका खेलाडी समेत रहेका सुनुवारलाई प्रहरीले गिरफतार गरेको जनाइएको छ । छोरा विश्वास राईले भदौ २२ गते प्रहरीमा जाहेरी दिएका थिए । उनको जाहेरीका आधारमा गिरफ्तार गरी कर्तव्य ज्यान मुद्दा चलाई थप अनुसन्धान थालिएको डिएसपी टेकबहादुर तामाङले जानकारी दिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis