Incident Reports

तीन जना बालक बालिका बलात्कारको आरोपमा गिरफ्तार l

2013-09-21

Sangeeta Bhat एक १० वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा ११, १४ र १५ वर्षका तीन जना बालकलाई प्रहरीले असोज ५ गते गिरफ्तार गरेको छ । बालिका सामान लिन बजार गएर घर फर्किने क्रममा बाटोमा बसेका तीन जना बालकले बाटो छेकी बोलिस भने मार्दिछु भन्दै बलात्कार गरी बालिकालाई बेहोस बनाइ छाडेको असोज ५ गते पीडतको आमाले दिएको जहेरीमा उल्लेख छ । बालीका धेरै समयसम्म घर नफर्किएपछि खोज्ने क्रममा बालिकाले बलात्कृत भाएको थाहा भएको पीडितकी आमाले बताएकी छन् । जिल्ला प्रहरी कार्यलय स्याङजाका अनुसार आरोपित तीनै जना बलाकलाई बाल मैत्रि कक्षामा राखी अनुसन्धान गरिएको सई गोकर्ण थापाले जानकारी दिएका छन् । बालिकाको जिल्ला अस्पताल स्याङ्जामा असोज ५ गते स्वास्थय परीक्षण गरी घर लगिएको छ । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis