Incident Reports

Man found dead near Birgunj Ghantaghar, murder suspected

2018-06-24

Madhes, Parsa, Birgunj, Ward 6

50-year-old Bhikari Ram of Gahawa-8, the CEO of Oshupati Band Baja was found dead near Tanga Parking of Ghantaghar on Monday. After preliminary investigation police have suspected murder behind Bhikari Ram's death. The motive and the identity of the murderers is not yet established. Police are further investigating on the incident. विरगंजको घण्टाघर नजिक हत्या गरेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ. घण्टाघरको पूर्वतर्फ टंगा पर्किङ्ग गर्ने स्थानबाट करिब एक सय मिटर दुरी पुर्वको गल्लीमा कुटपिट गरि हत्या गरेर फालिएको अवस्थामा विरगंज ८ गहवामा बस्ने ओअशुपति बैण्ड बाजाका संचालक अन्दाजी ५० वर्षीय भिखारी रामको सव फेला परेको हो. सोमबार बिहान वेवारिसे अवस्थामा भेटिएको भिकारी रामको शव उनका छोराले पहिचान गरेको पर्सा प्रहरीले बताएको छ. विरगंज को अत्यन्त व्यस्त चोक र २४ घण्टा सुरक्षा निगरानीमा रहने स्थानमा हत्या हुनुले विरगंजमा सुरुक्षा चिन्ता बढेको छ. update........................................ गत असार १० गते वीरगञ्जको घण्टाघरको टाँगा स्ट्याण्ड नजिकै पशुपति ब्याण्डबाजाका सञ्चालक (ब्यान्ड मास्टर) भिखारी रामको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरका ४० वर्षीय महजिद मियाँ हजाम, सर्लाहीको बरहथवा नगरपालिका–१० का ४२ वर्षीय भरत थापा र कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१ का २९ वर्षीय विजय नेपालीलाई प्रहरीले पक्रेको हो । गत असार १० गते राति रक्सी पिएका महजिद मिया र मृतक भिखारी रामबीच नेपाल टेलिकमबाट पूर्ब जाने रेल्वे रोड र लिंक रोडबीचको गल्लीमा विवाद हुँदा महजिदले भिखारी रामलाई लडाएर टाउकोमा ढुङगाले हिर्काइ हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरिक्षक रेवती ढकालले बताए । ढकालका अनुसार त्यसअघि महजीद मियासँगै भरत र विजय बसपार्कबाट एउटै रिक्सामा चढेर रेल्वे रोड र लिंक रोडबीचको गल्लीसम्म आएको र त्यहाँ महजिद रिक्साबाट झरेपछि दुईजना रिक्सामै घण्टाघर तर्फ फर्किएका थिए । महजिदले भिखारी रामको हत्या गरेपछि भरत र विजय फेरि घटनास्थलमा आएर मृतकको शरिरबाट उनको मोबाइल लिएर फरार भएका थिए । हत्यामा संलग्न मियालाई सोमबार नारायणी उपक्षेत्रीय अस्पताल नजिकबाट र अरु दुईलाई असार १८ गते घण्टाघर चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । भिखारी रामको हत्यामा भरत र विजयको प्रत्यक्ष संलग्नता नदेखिए पनि हत्या अघिसम्म दुवैजना महजिद मियाको साथमै रहेको र हत्यापछि मृतक भिखारी रामको मोबाइलसहित फरार भएकाले उनीहरुलाइ पनि पक्राउ गरिएको ढकालले बताए । गत असार १० गते राति ९ बजे घरबाट खाना खाएर पान खान निस्केका पशुपति ब्याण्डका मालिक भिखारी राम राती घर नफर्केपछि परिवारजनले खोजी गर्दा भोलिपल्ट बिहान घण्टाघरदेखि पूर्व इनर बाइपास जाने गल्लीभित्र शव फेला परेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Parsa , Local Newspaper - Bara , National/Online Media , Local Newspaper - Dhanusha

0 Comments