Incident Reports

घण्टाघर नजिक हत्या गरेर फालिएको अवस्थामा एक पुरुषको शव फेला (updated)

2018-06-24

Madhes, Parsa, Birgunj, Ward 6

गत असार १० गते वीरगञ्जको घण्टाघरको टाँगा स्ट्याण्ड नजिकै पशुपति ब्याण्डबाजाका सञ्चालक (ब्यान्ड मास्टर) भिखारी रामको हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरका ४० वर्षीय महजिद मियाँ हजाम, सर्लाहीको बरहथवा नगरपालिका–१० का ४२ वर्षीय भरत थापा र कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१ का २९ वर्षीय विजय नेपालीलाई प्रहरीले पक्रेको हो । गत असार १० गते राति रक्सी पिएका महजिद मिया र मृतक भिखारी रामबीच नेपाल टेलिकमबाट पूर्ब जाने रेल्वे रोड र लिंक रोडबीचको गल्लीमा विवाद हुँदा महजिदले भिखारी रामलाई लडाएर टाउकोमा ढुङगाले हिर्काइ हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरिक्षक रेवती ढकालले बताए । ढकालका अनुसार त्यसअघि महजीद मियासँगै भरत र विजय बसपार्कबाट एउटै रिक्सामा चढेर रेल्वे रोड र लिंक रोडबीचको गल्लीसम्म आएको र त्यहाँ महजिद रिक्साबाट झरेपछि दुईजना रिक्सामै घण्टाघर तर्फ फर्किएका थिए । महजिदले भिखारी रामको हत्या गरेपछि भरत र विजय फेरि घटनास्थलमा आएर मृतकको शरिरबाट उनको मोबाइल लिएर फरार भएका थिए । हत्यामा संलग्न मियालाई सोमबार नारायणी उपक्षेत्रीय अस्पताल नजिकबाट र अरु दुईलाई असार १८ गते घण्टाघर चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए । भिखारी रामको हत्यामा भरत र विजयको प्रत्यक्ष संलग्नता नदेखिए पनि हत्या अघिसम्म दुवैजना महजिद मियाको साथमै रहेको र हत्यापछि मृतक भिखारी रामको मोबाइलसहित फरार भएकाले उनीहरुलाइ पनि पक्राउ गरिएको ढकालले बताए । गत असार १० गते राति ९ बजे घरबाट खाना खाएर पान खान निस्केका पशुपति ब्याण्डका मालिक भिखारी राम राती घर नफर्केपछि परिवारजनले खोजी गर्दा भोलिपल्ट बिहान घण्टाघरदेखि पूर्व इनर बाइपास जाने गल्लीभित्र शव फेला परेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Local Newspaper - Parsa , Local Newspaper - Bara , National/Online Media , Local Newspaper - Dhanusha

0 Comments

Related Reports