Incident Reports

उजुरी अनुसारको बयान नदिनेलाई सजाय

2018-07-06

रुकुम जिल्ला अदालतले आफैँले दिएको उजुरी दिएर अर्कै बयान दिने एक युवतीलाई कैद सजाय सुनाएको छ । प्रतिकात्मक तस्बिर आफूमाथी जबरजस्ती करणी भएको भनेर प्रहरीमा उजुरी दिएर अदालतमा अर्कै बयान दिएकी त्रिवेणी गाउँपालिकाकी २४ वर्षीया ती युवतीलाई एक महिना कैद र एक हजार जरीवानाको फैसला अदालतले सुनाएको हो। जिल्ला न्यायाधीश काजीबहादुर राईको बुधबारको इजलासले उजुरीकर्तालाई एक महिनाको कैद सजाय र एक हजार रुपैयाँ जरीवाना गर्ने फैसला सुनाएको निमित्त श्रेष्तेदार लक्ष्मण विकले बताए। ‘श्रीमानको छोटो फैसलामा उजुरीकर्तालाई एक महिना कैद र एक हजार जरीवाना गर्ने उल्लेख छ, बाँकी कुरा फैसलाको पूर्ण पाठ आएपछि मात्रै खुल्ला,’ निमित्त श्रेष्तेदार विकले भने। सरकारी मुद्दा सम्बन्धि ऐन २०४९ को दफा २८ को २(क) बमोजिम उक्त फैसला भएको उनले बताए। उक्त अभियोगमा पक्राउ परेका नेपाल पत्रकार महासंघ रुकुमका अध्यक्ष गणेश चिन्तनले सफाई पाएका छन्। उनी विरुद्धको अभियोग पुष्टि हुन नसकेको भन्दै न्यायाधीश राईको इजलासले उनलाई सफाई दिएको हो। युवतीले आफूमाथि जवरजस्ती करणी गरेको भन्दै अध्यक्ष चिन्तन विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। उक्त उजुरीको आधारमा प्रहरीले अध्यक्ष चिन्तनलाई गत जेठ २२ गते पक्राउ गरेको थियो। नेपाल पत्रकार महासंघसँग जोडिएको विषयलाई व्यक्तिगत रुपमा जोडेर गलत अभियोग लागेकाले आफूले सफाई पाएको अध्यक्ष चिन्तनले प्रतिक्रिया दिएका छन्।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis