Incident Reports

भारतीय नागरिकमाथि अज्ञात समूहद्वारा गोली प्रहार l

2013-09-27

Vivek Dhungana काठमाडौँ मनपा-६ बौद्ध जोरपाटी स्थित कपडा सिलाईबुनाईको काम गर्ने भारत मोतीहारी घर भएका ४० वर्षीय मोहम्मद सनसुल्लाहमाथि असोज ११ गते बिहान १० बजे अज्ञात समूहद्वारा गोली प्रहार भएको छ । गोली प्रहारबाट घाइते भएका भारतीय नागरिक सनसुल्लाहको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ । कसले र किन गोली चलायो भन्ने बारेमा खुल्न नसकेको महानगरीय प्रहरी बृत बौद्धका डिएसपी मनोज केसीले बताए । घटनाको अनुसन्धान कार्य जारी रहेको डिएसपीले केसीले बताए । केसीका अनुसार मोटरसाईकलमा आएका व्यक्तिहरूले सनसुल्लाहमाथि गोली चलाएको आशंका गरिएको छ । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis