Incident Reports

दाईको चिरपट प्रहारबाट भाई गम्भीर घाइते

2018-07-08

बाँसको चिरपटको प्रहारबाट एकजना गम्भीर घाइते भएका छन्। षडानन्द नगरपालिका १०, साम्पाङस्थित सुनुवार टोल निवासी स्थानीय ४५ वर्षीय नन्द बहादुर सुनुवार राईले आफ्नै ३६ वर्षीय भाई शेर बहादुर सुनुवार राईलाई बाँसको चिरपटले हानेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। गत आइतबार दिउँसो करिब १० बजेतिर खेत जोत्ने विषयलाई लिएर दाजु नन्दबहादुरले भाई शेरबहादुरलाई बाँसको चिरपटले हानेको प्रहरीको भनाई छ। उक्त बाँसको चिरपटले टाउकोमा गम्भीर चोट लागेका भाई शेरबहादुरको नाकबाट समेत रगत बगेपछि उनलाई तत्काल उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका ईन्सपेक्टर चरित्र विक्रम कार्कीले जानकारी दिए। भाईलाई गम्भीर घाइते हुनगरी चिरपट प्रहार गर्ने नन्द बहादुरलाई इलाका प्रहरी कार्यालय साङपाङले नियन्त्रणमा लिएको छ। अरोपी नन्दबहादुरको मानसिक सन्तुलन ठिक नभएको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports