Three cases of polygamy were registered in a single day at Chitwan District Police Office on July 3. These cases were related to Elina,Bijay and Anjali Gurung; Samjhana,Suraj and Mina BK;and Parwati Devi Pandey,Fadendra Dawadi,Amrita Adhikari.
जिल्ला प्रहरी कार्यालय चितवनमा सोमबार एकैदिन ३ वटा बहुविवाहसम्बन्धी मुद्धा दर्ता भएको छ । चितवन प्रहरीका अनुसार भरतपुरकी एलिना गुरुङले श्रीमान विजय र कान्छी श्रीमती अन्जली गुरुङ, सम्झना विकले श्रीमान सुरज विक र कान्छी श्रीमती मीना विक तथा पार्वतीदेवी पाण्डेले श्रीमान फनेंद्र दवाडी र कान्छी श्रीमती अमृता अधिकारीसंग सम्बन्धित रहेका बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएका हुन् ।