Incident Reports

चुलो नजिक आएको आरोपमा दलितलाई कुटपीट l

2013-09-26

Karnali, Kalikot, Pachaljharana

Kali Bahadur Malla नानिकोट गाविस-४ का रति टमटा र उनका भाइ पर टमटालाई सोही गाविस ६ का ज्ञानेन्द्र शाहीले असोज १० गते साँझ घरपरिवार खाना खान बसेको समयमा आफ्नो चुलो नजिक आएको आरोपमा कुटपीट गरी घाइते बनाएका छन् । सोही गाविसको भुरावगरस्थित होटेलमा पीडक शाहीको घरपरिवार खाना खान बसेको समयमा मदिरा माग्दै चुलो नजिक गएपछि पीडक घरपरिवारनजिक आफन्तले लाठी र पन्यूँले प्रहार गरी घाइते बनाएको पीडितले बताएका छन्। कुटाइबाट रति टमटाको आँखा, टाउको र छातिमा गम्भीर चोट लागेको छ भने उनका भाइ पर टमटाको आँखानजिकै र शरीरमा निलडाम परेको छ । घाइतेको उपचार स्वास्थ्यचौकी राम्नाकोटमा भइरहेको छ । पीडित परिवारले जातीय विभेद तथा कुटपिटसम्बन्धी उजुरी दिएपछि पीडकलाई इलाका प्रहरी थिर्पूले असोज ११ गते पक्राउ गरी सोही दिन पीडितलाई उपचार गर्ने र्सतमा छाडेको छ । पीडक शाहीले आफ्नो घरपरिवार खाना खान बसेको समयमा मदिरा सेवन गरी भातमा हात राखेका कारण खाना फोहोर गरेको भनेर धकेलेको बताएका छन् । कालीबहादुर मल्ल

0 Comments

Related Reports
Related Trend Analysis