Mangal Begha
एक ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रानीटार गाविस-१ का ४८ वर्षीय मनकुमार तामाङलाई ०७० असोज १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
अविभावकको निवेदन र स्थानीयको सूचनाको आधारमा उनलाई गिरफ्तार गरिएको पौवाभञ्याङ्ग प्रहरी चौकीका असई अनिल तामाङले बताए । पीडित बालिका सुतिरहेको बेला असोज ९ गते राति आरोपितले बलात्कार गरेको पीडितका अविभावकले जानकारी दिए ।
पीडित बालिकाको जिल्ला अस्पताल पाँचथरमा असोज १२ गते स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।
आरोपितविरुद्व उजुरी दर्ता भएपछि थप अनुसन्धान हुने जिल्ल्ला प्रहरी कार्यालका इन्स्पेक्टर सञ्जीव बाबु खड्काले बताए । मंगल बेघा