Incident Reports

No translation available.

2013-09-28

Dharendra Dangi १४ वर्षीया बालिका बलात्कार गरेको अरोपमा लिवाङ-६ निवासी २० वर्षीय रमेश विकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले बाँकेको समशेरगंजबाट पक्राउ गरेको छ । विद्यालयबाट ट्यूसन पढेर घर फर्कदै गर्दा लिवाङ-६ को कालिमाटी नजिक असोज ८ गते बेलुकी साढे ६ बजेतिर ती बालिकालाई जबरजस्ती बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख गरिएको छ । फरार रहेका आरोपित विक रोल्पाबाट रातीको समयमा गाडीमा चढी भाग्दै गरेको बेला रोल्पाबाट गएको प्रहरीको विशेष अनुसन्धान टोलीले असोज १२ गते समशेरगन्जबाट पक्राउ गरिएको डीएसपी ओमबहादुर रानाले बताए । पक्राउ परेका बलात्कार आरोपित विकलाई असोज १३ गते जिल्ला प्रहरी कार्यालय रोल्पाले सार्वजनिक गरेको हो । पक्राउ परेको बलात्कार आरोपित रमेश विकलाई कारवाहीका लागि बालिकाका आफन्तले असोज ९ गते उजुरी दिएका दिए । अनुसन्धान जारी रहेको र कसुर प्रमाणित भएमा आरोपितलाई ६ वर्षदेखि १० वर्षसम्म कैद सजाय तथा कसुरदारबाट पीडितलाई उचित क्षतिपूर्ति दिलाउन सक्ने कानुनी प्रावधान रहेको बताइएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis