Incident Reports

परपुरुषसँग लागेको आरोपमा पत्नीमाथि कुटपिट l

2013-09-29

विराटनगर उमनपा-१८ की ३० वर्षीया उपा श्रेष्ठलाई उनका पति ४५ वर्षीय राजु क्राइकाले परपुरुषसँग लागेको आरोपमा मानसिक यातना दिएको भन्दै पीडितले असोज १३ गते प्रहरीमा उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख जमुना श्रेष्ठले उजुरी उपर अनुसन्धान जारी रहेको बताइन् । प्रमुख श्रेष्ठका अनुसार, पीडितले उजुरीमा आरोपितले झूठा आरोप लगाएर एक वर्षघिदेखि मानसिक यातना दिएको उल्लेख गरेकी छन् । पीडितका दुई छोरी र एक छोरा रहेका छन् । पीडित आफ्नै नाममा दर्ता भएको पसलमा काम गर्दछिन् । उनले सहजीकरणका लागि महिला पुनःस्थापना केन्द्रमा समेत निवेदन दिएकी छन्।

0 Comments

Related Reports
Related Trend Analysis