Incident Reports

राजेन्द्र महतोको घरमा प्रेसर कुकर बम

2018-07-19

Madhes, Sarlahi, Chandranagar, Ward 2

२ बबरगञ्जस्थित पुख्र्यौली घरमा बुधबार राति अज्ञात समूहले राखेको बम बालबालिकाले खेलाउँदै गर्दा भेटिएको हो । घर छेउमा पातले छोपेर राखिएको बमलाई बालबालिकाले खेलाउँदै बाहिर निकालेपछि स्थानीयले देखेका थिए । मोबाइलको सिग्नलबाट विस्फोट गराउने गरी राखिएको बम देखेपछि स्थानीयबीच भागाभाग भएको थियो । महतोको यो पुख्र्यौली घरमा उनका दाजु चन्द्रनगर गाउँपालिकाकै अध्यक्ष महेन्द्र महतो बस्दै आएका छन् । उनका छोरा उपेन्द्र महतो सलार्ही १ क बाट प्रदेश सभा सांसद रहेका छन् । कुकरको तारमाथिबाट निकालेर मोइबाल फोनमा जोडेको अवस्थामा बम फेला परेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ । नेपाली सेनाको टोली पनि डिस्पोजका लागि आउँदै गरेको स्थानीयले बताएका छन् । बम राखिएकोबारेमा गाउँपालिकाका अध्यक्षसमेत रहेका महेन्द्र महतोले आफ्नो नेतृत्वमा गाउँमा विकास तीब्र गतिमा अघि बढेपछि बाधा अड्चन् खडा गर्न ज्यान लिने उद्धेश्यले बम राखिएको दाबी गरे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments