Incident Reports

खुकुरी प्रहार गर्ने पति प्रहरीको नियन्त्रणमा l

2013-10-01

Pasang Bamjan Tamang पत्नीलाई खुकुरी प्रहार गरी फरार रहेका सल्लेरी गाविस- ५ डासीका ३९ वर्षीय दावा शेर्पालाई असोज १५ गते जिल्ला प्रहरी कार्यालय सोलुखम्बुले गिरफ्तार गर्‍यो । आरोपितले ४० वर्षीया पत्नी फुर्वा तामाङलाई असोज १२ गते बिहान १० बजेसामान्य घरायसी विवादमा खुकुरी प्रहार गरी सक्त घाइते बनाएका थिए । पीडितको जिल्ला अस्पताल फाप्लुमा सोही दिन उपचार भएको थियो । पीडितले कारबाहीको माग गर्दै आरोपितविरुद्ध असोज १३ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जाहेरी दिएकी थिइन् । खुकुरी प्रहारबाट पीडितको दायाँ हातमा चोट लागेको र शरीरको विभिन्न भागमा नीलडाम तथा घाउचोटसमेत भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी बद्री विक्रम थापाले बताए । पासाङ बम्जन तामाङ

0 Comments

Related Reports
Related Trend Analysis