Incident Reports

विद्यालयमा तोडफोड र कुटपिट घटनाका आरोपित गिरफ्तार

2018-07-27

Karnali, Humla, Simkot

सदरमुकाम सिमकोटमा रहेको मानसरोवर माविमा बाहिरबाट ढुङ्गामुढा प्रहार गरी विद्यालय तोडफोड गरेको र विद्यालयका सुरक्षा गार्ड २४ वर्षीय सुरेन्द्र रोकायालाई कुटपिट गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका–६ का २१ वर्षीय पृथ्वी रोकाया र सोही गाउँपालिका–५ का २२ वर्षीय लक्ष्मण रावतलाई साउन ११ गते गिरफ्तार गरेको छ । साउन ११ गते विद्यालयमा शिक्षक र विद्यार्थीहरूले एक आपसमा गुरू पुजा मनाउँदै गरेको अवस्थामा बाहिरबाट चार जनाको टोलीले विद्यालयमा ढुङ्गामुढा गरी तोडफोडलगायत हातपात गरेको सोही विद्यालयका प्रधानध्यापक अमरबहादुर शाहील बताए । विद्यालयका सुरक्षा गार्ड सुरेन्द्र रोकाया मुलद्वारमा चौकीदार बसिरहेको अवस्थामा बाहिरबाट आएको चार जनको टोली जबरजस्ती भित्र प्रवेश गर्न लागेको अवस्थामा गार्डले रोक्न खोज्दा कुटपिट गर्दै विद्यालयमा ढुङ्गामुढा प्रहार गरेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा ढुङ्गामुढा गर्ने टोलीलाई साउन ११ गते नै कारबाहीको माग गर्दै विद्यालय प्रशासनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । उजुरी लगत्तै दुई जना आरोपितलाई गिरफ्तार गरिएको र दुई जना फरार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रविन श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC

0 Comments

Related Reports