Incident Reports

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाद्वारा जनप्रतिनिधिहरूलाई राजिनामा दिन धम्की

2018-07-27

जिल्लाका सम्पुर्ण जनप्रतिनिधिहरूले भ्रष्टाचार गरेको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट जिल्ला जनपरिषद् डडेल्धुराले साउन ११ गते पत्रमार्फत राजिनामा दिन धम्की दिएको छ । जिल्ला जनपरिषद् प्रमुख दिपक भण्डारीद्वारा जारी विज्ञप्तिमा स्थानीय तहमा विकासको नाममा जनता ठग्ने प्रवृत्ति बढेको भन्दै सम्पूर्ण जनप्रतिनिधिहरूको राजिनामाको माग गरिएको छ । विज्ञप्तिमा जनप्रतिनिधिहरूले नक्कली विकासको किर्ते कागजात मिलाएर करोडौँ रुपियाँ बराबरको भ्रष्टाचार गरेको जनताले प्रमाण दिएकाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । जनपरिषद् प्रमुख भण्डारीले विज्ञप्तिमार्फत आफूहरूको आग्रहलाई बेवास्ता गरिए जनताद्वारा हुने जस्तोसुकै परिस्थितिको सामाना गर्नुपर्ने चेतावनी समेत दिएका छन् । विप्लव निकट जिल्ला जनपरिषदको धम्कीपछि आफूहरुलाई काम गर्न असहज भएको स्थानीय तहका जनप्रतिनिधिहरूले प्रतिक्रिया दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 50
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
INSEC

0 Comments