Incident Reports

राज्यमन्त्रीकै अगाडि राजपा कार्यकर्ताबीच कुटाकुट

2018-07-29

Madhes, Mahottari, Loharpatti

महोत्तरीको पिपरा गाउँपालिकाको गाउँपरिषदमा झडप हुँदा पाँच जना घाइते भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्षमा निर्वाचित विनोद चौधरीले विकासका योजनामा एकलौटी गरेको भन्दै उनकै पार्टीका कार्यकर्ताहरुले विरोध गरेपछि झडप भएको हो । झडपमा राजपाको पिपरा गाउँ कमिटी अध्यक्ष विनित पाण्डेयसहित पाँच जना घाइते भएका छन् । परिषदमा प्रदेश २ का नवनियुक्त राज्यमन्त्री अभिराम शर्मा उपस्थित रहेकै बेला दुई पक्षबीच झडप भएको थियो । राज्यमन्त्री शर्मालाई प्रमुख अतिथीको रुपमा बोलाइएको थियो । गाउँपालिका अध्यक्ष चौधरीले पार्टीसँग छलफल नै नगरी गाउँ परिषद गरेको र भनेअनुसारका योजनाहरु छनौट गर्न नखोजेको भन्दै आफ्नै पार्टी राजपाका गाउँ इकाई कमिटीले बहिष्कार गर्ने निर्णय गरेको थियो । पार्टीको विरोध हुँदाहुँदै परिषद गरेको भन्दै परिषदस्थलमा राजपाका केही कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेपछि झडप भएको हो । आफूहरुले परिषदको विरोध गरेपछि अध्यक्ष चौधरीले आफ्ना मान्छे र प्रहरी लगाई कुटपिट गरेको राजपाका गाउँ इकाइ कमिटी अध्यक्ष पाण्डेयको आरोप छ । गाउँपालिका अध्यक्ष चौधरीले जनताको भावना विपरित आफू अनुकूल बिकास योजनाहरु बनाएर परिषद गर्न खोजेकाले वाध्य भएर विरोधमा उत्रिनु परेको पाण्डेयले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth unknown
Total Injured 5
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments