Incident Reports

आचारसंहिता पालना गर्ने राजनितिक दल र सञ्चारमाध्यमहरूको प्रतिवद्धता l

2013-10-21

Nawa Raj Pathik रामेछाप जिल्लामा रहेका प्रमुख राजनितिक दल र सञ्चारमाध्यमका प्रतिनिधिहरूले निर्वाचन आयोगले तोकेको आचारसंहिताको पालना गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको संयोजकत्वमा कात्तिक ५ गते बसेको सर्वपक्षिय बैठकमा सो प्रतिवद्धता जनाएका हुन् । बैठकमा राजनीतिक दलहरूले सरकारी तथा सार्वजनिक स्थलमा पोष्टर टाँस्ने कार्य भई आचारसंहिताको उल्लङ्घन भएकोले त्यस्ता पोष्टरहरू तत्काल हटाउने प्रतिवद्धता जाहेर भएको छ । यसैगरी, सञ्चारमाध्महरूले पुष्टि नभएका समाचारहरू प्रकाशन तथा प्रशारण गर्दा आम मतदाताहरूमा भ्रम सिर्जना हुने भएकोले त्यसलाई पनि तत्काल रोक्ने प्रतिवद्धता जाहेर भएको छ । बैठकमा रामेछापका मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले आचारसंहिता दलहरूले नै बनाएकोले त्यसको पालना गर्ने प्रमुख जिम्मेवारी पनि दलहरूकै भएको बताए । उनले आचारसंहिताको पालना नगरिए निर्वाचन अधिकृतको कार्यालय आवश्यक कारबाही चलाउन वाध्य हुने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले कारबाहीको प्रक्रिया अघि बढाउनु पर्ने अवस्था नआओस् भनि सम्बन्धित पक्ष सचेत हुनुपर्ने बताए । बैठकमा एनेकपा माओवादी, नेपाली काङ्ग्रेस, एमाले, राप्रपा लागायतका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सञ्चारमाध्यमका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । नवराज पथिक

0 Comments

Related Reports
Related Trend Analysis