Incident Reports

माओवादीद्वारा चुनाव सामग्री कब्जा l

2013-10-22

संविधानसभा सदस्य निर्वाचनका लागि मतदातालाई सुसूचित गराउन तयार गरिएको सामग्री कात्तिक ५ गते बिहान ११ बजे नेकपा-माओवादीका कार्यकर्ताले नांगिन गाविसमा कब्जामा लिएका छन् । जिल्ला निर्वाचन कार्यालयबाट समुदायलाई बाड्न लगिएका मतदाता शिक्षा हाते पुस्तिका र पोष्टरहरू गाविसको कार्यालयबाट माओवादी कार्यकर्ताले कब्जा गरेर लगेका हुन् । दुई जना अपरिचित व्यक्तिहरू आएर "माओवादीले लग्यो भनेर जानकारी गराउनु" भन्दै लगेको गाविसका सहायक प्राविधिक प्रेम थापाले बताए । चुनावी गतिविधि नगराउन गरिएको अनुरोध वेवास्ता भएकोले सामग्री कब्जा गरिएको माओवादीका जिल्ला सचिव लक्ष्मी न्यौपानेले बताए । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी चुडा सापकोटाले जानकारी दिए । मंगल बेघा

0 Comments

Related Reports
Related Trend Analysis