Incident Reports

राप्रपा उम्मेदवारद्वारा आचारसंहिता उल्लङ्घन गरेको आरोप l

2013-10-22

Nepal

५ को माडी ईलाकामा राप्रपाका उम्मेदवार पाण्डेले सरकारी ठेक्कामा गरेका काम र निर्माण कार्यहरू पनि आफ्नै लगानिमा गरेको भन्ने भ्रम फैलाउने गरेको अन्य पार्टीका कार्यकर्ताले बताए । चुनाव प्रचारका क्रममा केही स्थानमा पाण्डे आफै र केही स्थानमा राप्रपाका नेता तथा कार्यकर्ताहरूले घरदैलो कार्यक्रम तथा आफ्ना कार्यकर्ता भेलाका क्रममा सो कुराहरूको भ्रम फैलाउने कार्य गरेको एमाले नेता तथा कार्यकर्ताहरूको आरोप छ । निर्वाचन आचारसंहिता विपरीत पाण्डेले वघौडा गाविसमा रहेको एक क्लबलाई केही दिनअघि मात्रै दुई बोरा जुत्ता, जर्सी, फुटबल किनीदिएको एक स्थानीयले नाम नबताउने सर्तमा बताए । उनले प्रमाण देखाउन सकिने गरी गरेको कार्य यो रहेको र प्रमाण जुटाउन गाह्रो हुने गरी पाण्डेले आचारसंहिता विपरीत अन्य कार्यहरू पनि गरीरहेको जानकारी दिए । यसैगरी, पाण्डेले अयोध्यापुरी गाविसको जगनाथपुरीमा रहेको एक आमा समूहलाई ५० हजार बराबरको भाँडाका सामान, टेण्ट र साउण्ड सर्भिस दिएको पनि स्थानीयले जानकारी दिए । बाटो बनाइदिने तथा विभिन्न भवन निर्माण गरिदिने आश्वासन दिँदै राप्रपाले भोट माग्दै हिँडेको बताइएको छ । राप्रपा माडीका ईलाका स्तरीय प्रचार/प्रसार समितिका संयोजक कृष्ण तिवारीले आफ्ना उम्मेदवार पाण्डेमाथि झुटो आरोप लगाएको बताए । निर्वाचन अधिकृतको कार्यालयका अनुगमन अधिकृत श्रीकृष्ण नेपालले भने निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भनि हालसम्म एक ओटा पनि निवेदन नपरेको बताए । दुई/तीन ओटा सामान्य मौखिक उजुरी परेको र सोको विषयमा तुरुन्तै सम्बन्धित पार्टी तथा उम्मेदवारलाई सुझाएको र उनीहरूले पनि सोको पालना गरेको बताए । सावित्री सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis