Incident Reports

विप्लव नेतृत्वको नेकपाको बन्द : कतै बम, कतै आगजनी, सुरक्षा व्यवस्था कडा

2018-08-14

Nepal

नेत्र विक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । गत मंगलबार सरकारले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो । नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहले आव्हान गरेको बन्द निष्प्रभावी बनाउन सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । बन्दले काठमाडौं उपत्यकाको जनजीवन सामान्य प्रभावित भएको छ । सडकमा निजी तथा सार्वजनिक यातायातका साधन गुडिरहेका छन् । कलेज तथा स्कुलहरु भने बन्द छन् । यसैबीच, बन्दका क्रममा विभिन्न स्थानमा बमहरु फेला परेका छन् भने केही स्थानमा सार्वजनिक यातायातमा आगजनी गरिएको छ । यसक्रममा नेकपाका आधा दर्जनभन्दा बढी कार्यकर्ता पक्राउसमेत परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments