Incident Reports

खुकुरी हानेर छोरा र भाइको हत्या

2018-08-14

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाइको हत्या गरेका छन्। छिवाङ चौताराका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेका हुन्। उनले खुकुरी प्रहार गरी दुई छोराहरूलाई पनि घाइते बनाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए। खड्काका अनुसार दुई वर्षदेखि मानसिक सन्तुलन बिग्रिएका शंकरले बुधबार बिहान छोरा र भाइमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन्। उनले आफैलाई पनि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको डीएसपी खड्काको भनाई छ। प्रहरी नियन्त्रणमा रहेका उनको जिल्ला अस्पतालमा उपचार भैरहेको छ। शंकरका घाइते दुई छोराहरूको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुई मध्ये एकको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Youth Killed 2
Total Injured 2
Youth Injured 2
National/Online Media , Local Newspaper - Surkhet

0 Comments

Related Reports