Incident Reports

एमाले कार्यकर्ता घाइते l

2013-10-26

Vivek Dhungana काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेले आयोजना गरेको चुनावीसभामा सहभागी हुन जानेक्रममा एमाले क्षेत्रीय कमिटी सदस्य सीता लुईटेलमाथि आक्रमण भएको छ । जोरपाटीस्थित जुवी पेट्रोल पम्प अगाडि बसिरहेका काङ्ग्रेसका कार्यकर्ताले कात्तिक ९ गते लुइटेलमाथि आक्रमण गरेका थिए । आक्रमणमा परि टाउको फुटेकी लुईटेलको बौद्धस्थित स्तुफा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा रिफर गरिएको थियो । मेडिकल कलेजमा समेत उपचार हुन नसकेपछि लुईटेललाई बाँसबारीस्थित न्यूरो अस्पतालमा रिफर गरिएको थियो । न्यूरो अस्पतालमा उपचार गराई हाल पीडित लुईटेल घर फर्किएकी छिन् । एमाले काठमाडौँ क्षेत्र नम्बर ३ का उम्मेदवार रामेश्वर फुयालले उक्त आक्रमण घटनाको छानबिन गरी दोषि उपर तत्काल कारबाही गर्न नेपाल सरकारसँग माग गरेका छन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis