Incident Reports

पर्यवेक्षकलाई आफू मतदाता भएको मतदानस्थलबाहेक पर्यवेक्षण गर्न अनुमति l

2013-10-27

Ramesh Prasad Timalsina निर्वाचन आयोगले आफ्नो नामावली भएको मतदान केन्द्र स्थलमा बाहेक अन्यत्र पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको छ । पूर्ववत निर्णयलाई संशोधन गर्दै कात्तिक ९ गते यस्तो निर्णय भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन पर्यवेक्षणका लागि आवेदन गरेका पर्यवेक्षकहरूलाई आफ्नो नाम भएको मतदान केन्द्रमा पर्यवेक्षणको अनुमति नदिने निर्णय गरिएको आयोगका प्रवक्ता वीरबहादुर राईले इन्सेक प्रतिनिधिलाई जानकारी दिए । 'संविधानसभा सदस्य निर्वाचन पर्यवेक्षण निर्देशिका २०७०' को दफा १६ 'ज' मा संशोधन गर्ने निर्णय गरेपछि यसअघि आफ्नै निर्वाचन क्षेत्रमा पर्यवेक्षण गर्न नपाउने प्रावधान खारेज भएको छ । यसअघि उक्त दफामा पर्यवेक्षकको स्थायी बसोबास भएको निर्वाचन क्षेत्रमा पर्यवेक्षणका लागि खटाउन पाइने छैन भन्ने प्रावधान थियो । पर्यवेक्षण गर्ने संस्थाहरूले उक्त प्रावधानको व्यापक विरोध गर्दै निर्णय सच्याउन माग गरेपछि आयोगले उक्त प्रावधान संशोधन गरेको हो । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis