Incident Reports

प्रहरी हवल्दारको कुटाईबाट गम्भीर घाइते भएको पीडित पक्षको आरोप

2018-08-17

Karnali, Kalikot, Khandachakra, Ward 1

खाँडाचक्र नगरपालिका–१ का २८ वर्षीय गोविन्द दमाईलाई जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवल्दार सुरेन्द्र परियारले भदौ १ गते निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । महिला तथा बालबालिका कार्यालय कालिकोट नजिकै घर भएका दमाईलाई आफ्नो हित विपरीत काम गरेको आरोपमा प्रहरी हवल्दार परियारले निर्घात कुटपिट गर्दा दमाई गम्भीर घाइते भएका हुन् । प्रहरी हवल्दार सधैँ सादा पोशाकमा आउने गरेका र एक महिलासँग अवैध सम्बन्ध राख्ने गरेको थाहा पाएकाले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । घटनापछि आरोपित प्रहरी हवल्दार फरार रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निरज चौलागाईँले बताएका छन् । घाइते दमाईको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports