Incident Reports

बहुविवाह गर्ने पति विरुद्ध प्रहरीमा उजुरी l

2013-10-29

DM Chamling धितुङ गाविस-४ की २८ वर्षीय गंगा कार्कीले बहुविवाह गर्ने पति ३१ वर्षीय पुष्पराज भनिने पुण्यराज कार्कीको विरुद्ध कानुनी कारबाहीको माग गर्दै कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छिन् । आफूहरूको ०५८ सालमा सामाजिक परम्परा अनुसार विवाह भएपश्चात ११ वर्षको नाबालक छोरा भएको अवस्थामा पतिले कात्तिक ८ गते धितुङ गाविस-५ की २२ वर्षीय देवी बस्नेतसँग बहुविवाहर गरेपछि उजुरी दिनुपरेको पीडितले बताइन् । पतिले दोश्रो विवाह गरेपछि आफूलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको पीडितको उजुरीमा उल्लेख छ । उजुरीको आधारमा आरोपित दुवैजनालाई झिकाई छलफल गराईने जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका सई यादव गौतमले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis