Incident Reports

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रहरीद्वारा हतियार खोजी अभियान तिव्र l

2013-10-28

Vivek Dhungana संविधानसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रहरीद्वारा हतियार खोजी अभियान तिव्र पारेको छ । विशेष अभियानका रूपमा थालेको हतियार खोजी अभियान अन्तर्गत प्रहरीले कात्तिक ११ गते कीर्तिपुर स्थित नेकपा-माओवादीको सम्पर्क कार्यालयमा छापा मारेको छ । छापा मार्ने क्रममा कुनै ठूला हतियार नभेटिए पनि प्रहरीले १ सय थान लाठी बरामद गरेको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता तथा बरिष्ठ उपरीक्षक हेमन्त पालले जानकारी दिए । निर्वाचन सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै निर्वाचन विरोधी गविधिहरूमा साना हतियारको प्रयोग बढ्न सक्ने भएकाले त्यसको सामाधानका लागि केन्द्रीय सुरक्षा समितिले विगतमा गरेको निर्णयमा रही प्रहरीले साना/ठूला हतियार खोजी अभियान तिव्र पारिरहेको प्रवक्ता पालले बताए । यसैबीच, महानगरीय प्रहरी परिसर हनुमानढोकाले पनि निर्वाचनको सुरक्षा चुनौतिलाई मध्यनजर गरी भदौ १ गते देखनै साना/ठूला हतियार खोजी अभियान चलाईरहेको परिसरका प्रवक्ता तथा डिएसपी अर्जुन चन्दले जानकारी दिए । जिल्ला प्रशासन कार्यलय काठमाडौँको रेकर्ड अनुसार मोटामोटी ११ हजार थान हतियार बाहीर रहेको डिएसपी चन्दले बताए । जसमध्ये १ सय २९ जनाले मात्र महानगरीय प्रहरी परिसर काठमाडौँमा निजी हतियार बुझाएको डिएसपी चन्दले जानकारी दिए । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis