Incident Reports

अज्ञात समूहद्वारा चुनावी प्रचारको गाडीमा आगजनी l

2013-10-29

Sur Bahadur Pariyar धनगढी नपा-८ स्थित क्याम्पस रोडमा मधेशी जनअधिकार फोरम लोकतान्त्रीक चुनावी प्रचारमा प्रयोग गरीएको म १ च १५५ गाडीमा अज्ञात समूहले कात्तिक ११ गते आगजनी गरेको छ । चुनावी प्रचारका लागि क्याम्पस रोडमा रहेको पार्टी कार्यालयमा राखीएको अवस्थामा गाडीमा नचिनेको व्यक्तिको एक समूह आएर आगजनी गरेर फारार भएको फोरम लोकतान्त्रीक जिल्ला कार्यालय, कैलालीले जनायो । अज्ञात समूहको आगजनीबाट चालक बस्ने सिट जलीरहेको अवस्थामा स्थानियले आगो निभाएपछि थप क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनराज जोशीले जानकारी दिए । घटनामा संलग्न भनिएकाहरूको खोजी कार्यभईरहेको जिल्ला प्रहरी कार्यालयका एसपी जोशीले जानकारी दिए । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis