Incident Reports

प्रदेश २ को मुख्यमन्त्रीको कार्यालय तीन दिनदेखी घेराउ

2018-08-14

Madhes, Dhanusha, Janakpur

स्थानिय तहमा समायोजनको माग गर्दै प्रदेश २ का सामाजिक परिचालक आन्दोलित भएका छन् । गत असारबाट हटाइएका सामाजिक परिचालकहरुले विभिन्न चरणको आन्दोलन गर्दै मुख्यमन्त्रिको कार्यालय घेराउ गरेका छन् । प्रदेशका पर्सादेखि सप्तरीसम्मका सामाजिक परिचालकहरु जनकपुरमै जम्मा भई ३ दिनदेखि निरन्तर रुपमा २ घण्टा मुख्यमन्त्रिको कार्यालय घेराउ गर्दै आएको सामाजिक परिचालक संघर्ष समितिका अध्यक्ष शिवशंकर मेहताले जानकारी दिए । प्रदेश २ मा ८ सय ५४ सामाजिक परिचालकहरु छन । लामो समयदेखि सामाजिक परिचालक भई स्थानिय तहमा जनप्रतिनिधि र कर्मचारीविहीन भएको बेला काम गरेको तर, अहिले आएर त्यही सामाजिक परिचालकहरुलाई हटाउँदा अन्याय भएको सिरहाबाट आन्दोलनमा आएकी सुरेखा महतोले गुनासो गरिन् । संघर्ष समितिका अध्यक्ष मेहताले सामाजिक परिचालकहरुलाई नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्यादमा समायोजन गरिनुपर्ने बताए । स्थानिय तहमा सामायोजनपछि योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समावेश गरिनुपर्ने माग राख्दै आन्दोलित भएको उनले बताए । सामाजिक परिचालकहरुले आफूहरुको माग प्रदेश सरकारले सुनवाइ नगरे आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments