Incident Reports

वृद्धमाथि खुकुरी प्रहार

2018-08-20

Province 1, Morang, Pathari Shanishchare, Ward 7

मोरङको पथरीशनिश्चरे-७ स्थित जनप्रिय चौकका ८१ वर्षीय वृद्धमाथि खुकुरी प्रहार भएको छ ।स्थानीय वृद्ध जनक राईमाथि सोमबार बिहानको २ बजेको समयमा आफ्नै घरको शौचालय जाने क्रममा सोही स्थानका १७ वर्षीय सागर राईलगायतका युवाहरुले खुकुरी प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आक्रमण गर्ने सगरसहित ६ युवालाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको पथरी प्रहरीले जनाएको छ ।शरीरको विभिन्न भागमा गहिरो चोट लागेका राईको हाल बिराटनगरको बिरात नर्सिङ होममा उपचार भइरहेको छ ।स्थानीय समिक्षा राईको जन्मोत्सव मनाइरहेका बेला विद्यालयमा भएको फुटवल खेलको विषयमा फेसबुकमा भएको वार्तालाई लिएर घाइते राईका नाती प्रवेश राई र सागरसहितका युवाहरुबीच भएको खटपटले द्वन्द्वको रुप लिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments

Related Reports