Incident Reports

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे स्पष्टीकरण माग l

2013-10-29

बाबुराम भट्टराई लगायतका नेपाली काङ्ग्रेसका हरि घले र एमाओवादीका क्षेत्र नं ३ का उम्मेदवार छमबहादुर गुरुङ्गसँग कात्तिक १२ गते पत्र पठाई तीन दिनभित्र स्पष्टीकरण पेश माग गरेको छ । निर्वाचन कार्यालयले उम्मेदवारले निर्वाचन आचार संहिता विपरीत रंगीन पोष्टर टाँसेको, मतदातालाई पैसा बाडेको, खसीकाटेर भोज गरेको, मनकामना मन्दिर जिर्णोदारका लागि पैसा दिएको, विद्यालयलाई कम्प्युटर वितरण, प्रचार प्रसारमा हेलिकोप्टर प्रयोग, रंगीन क्यालेण्डर छपाई गरेर वितरण गरेको लगायतका नौ ओटा उजुरी परेको भन्दै सो सम्बन्धमा उम्मेदवारसँग स्पष्टीकरण माग गरिएको जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका आचार संहिता अधिकृत जीवनिधि पौडेलले उजुरीका सम्बन्धमा दलका उम्मेदवारलाई सचेत गराउँदै स्पष्टीकरण सोधिएको र स्थलगत रुपमा अुनगमन गरी थप छानबिन गरिने बताए । सुदिप कैनी

0 Comments

Related Reports
Related Trend Analysis